
शुक्रबार गोरखामा पौडी खेल्न जाँदा हराएका दुई जना अझै भेटिएनन्
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भोलाबहादुर रावलका अनुसार दुवै जना हराई रहेकाले उनीहरु पनि पौडी खेल्ने क्रममा रहमा डुबेको अनुमान गरीएको हो । शुक्रबार राती मात्र गुरुङ्ग संगै बि.क. र श्रेष्ठ वेपत्रा भए पछि परिवारले खोजी गरेको थियो । गुरुङ्गको भने शुक्रबार नै दिउसो ४ः३० बजे शव पानीमो उत्रिएको अवस्थामा फेला परेको थियो ।
शुक्रबार स्कुल छुट्टी भएर छरछरे रहमा पौडी खेल्न गएका उनीहरुको सनिबार बिहानै दखी साँझ सम्म खोलामा एक्साभेटर मेशिन प्रयोग गरेर खोजी गएिको थियो । शुक्रबार साँझ उत्तरी गोरखामा पानी परेको कारण दरौदी नदीमा पानी धमिलो भए पछि खोजी कार्य निरर्थक भएको थियो । खोला फकाउने र रह सुकाउने स्थानियको योजना समेत वर्षाले प्रभावित भएको थियो ।
आईतबार बिहानै देखी उनीहरुको खोजतलासमा स्थानिय र नेपाल प्रहरी लागि परेका छन । आईतबार पनि बिहानै देखी पानी परिरहेकाले खोजी कार्य प्रभावित हुने देखिन्छ । बच्चाहरु वेपत्ता भए देखी उनीहरुका परिवार शोकमा छन




