| आइतवार, कार्तिक २९, २०८३

मगर विद्यार्थी संघको नेतृत्वमा स्मिता

नेपाल मगर बिद्यार्थी संघ, गोरखाको १६औ अधिबेशनले स्मिता थापा मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्ष अस्मिता थापा मगर, सचिब सुदिप थापा मगर, सह(सचिब सुमिना थापा मगर र कोषाध्यक्ष, अनुका आले मगर चयन भएका छन् ।
समितिको सदस्यमा, शान्ता आले, अस्मिता राना, अमृता राना, सिमोन थापा, सुसरा राना, देबकी राना, नानू फेवाली, अन्जना थापा, दिपक थापा, मनिता थापा, सुनिता थापा र समीर राना रहेका छन् । समितिमा दुई सदस्य पछि थप्ने निर्णय भएको उपाध्यक्ष अस्मिता थापा मगरले बताईन् ।
संघका निवर्तमान अध्यक्ष सुस्मिता पुलामीमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कृष्ण राना मगर , नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य प्रेम रोका मगर ,नेपाल आदिवासी जनजाती महासंघ गोरखाका अध्यक्ष विष्णु रानामगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
नेपाल मगर संघ जिल्ला समन्वय समितिको सभाहल रोहटेपानिमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्