| शनिबार, अशोज ९, २०८३

गोर्खाली रनिङ कपः सोमबारको खेलमा रेड युनाइटेड विजयी

जिल्ला सदरमुकाममा जारी ‘दशौँ गोर्खाली रनिङ कप–२०८२’को दोस्रो दिन भएको खेलमा रेड युनाइटेड युथ क्लव विजयी भएको छ । जिल्ला सदरमुकाम स्थित हरमटारी खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार एक खेल सम्पन्न भएको थियो । सो खेलमा अभिषेक चर्च रजहर.नवलपुरलाई १–० को गोल अन्तरले हराउँदै रेड युनाइटेड विजयी भएको हो ।

हरमटारी क्लवको आयोजनामा आइतबारबाट प्रतियोगिता सुरु भएको हो । आगामी फागुन ९ गतेसम्म संचालन हुने प्रतियोगिताको तेस्रो दिन दुई खेल हुने आयोजक क्लवका उपाध्यक्ष सिलन थापा मगरले बताए । मंगलबार पहिलो खेल दिउँसो १ बजे चाइनिजधारा फेमेली र एभरेष्ट क्लव चितवन बीच हुने उनले जानकारी दिए । यस्तै, दोस्रो खेल दिउँसो ३ बजे लक्ष्मीबजार युथ क्लव र गोरखा नगरपालिका बीच हुने उनको भनाइ छ ।

प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उपाधि बिजेताले रनिङ कपको साथमा चार लाख रुपैँया नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उपबिजेता टिमले दुईलाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई २५ हजार नगद पुरस्कार दिइने बताइएको छ । त्यस्तै सर्वोत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई १५–१५ हजारका दरले पुरस्कार दिइने क्लबका अध्यक्ष अनिल श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्