| बुधबार, असार ९, २०८३

दशौँ गोर्खाली रनिङ कप सुरु, उद्घाटन खेलमा आयोजक क्लव विजयी

जिल्ला सदरमुकाम स्थित हरमटारी खेलमैदानमा ‘दशौँ गोर्खाली रनिङ कप–२०८२’ सुरु भएको छ । हरमटारी क्लवको आयोजनामा आइतबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक हरमटारी क्लव र ग्रिन स्टार युथ क्लव बीच भएको थियो । प्रतियोगितामा ग्रिन स्टार युथ क्लवलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी क्लव विजयी बनेको छ । प्रतियोगिताको दोस्रो दिन सोमबार रेड युनाइटेड युथ क्लव र अभिषेक चर्च रजहर.नवलपुर बीच प्रतिश्पर्धा हुने आयोजक हरमटारी क्लवका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

आगामी फागुन ९ गतेसम्म संचालन हुने प्रतियोगितामा १० टिमले सहभागिता जनाएको उनले जानकारी दिए । प्रतियोगिताको उपाधि बिजेताले रनिङ कपको साथमा चार लाख रुपैँया नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उपबिजेता टिमले दुईलाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई २५ हजार नगद पुरस्कार दिइने बताइएको छ । त्यस्तै सर्वोत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई १५–१५ हजारका दरले पुरस्कार दिइने क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्