
पुलिस क्लवले उचाल्यो पृथ्वीनारायण गोल्ड कपको उपाधि
प्रथम पृथ्वीनारायण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा चित्लाङ एफसीलाई १–० को गाल अन्तरले हराउँदै उपाधी विजेता बनेको हो ।
विजेता क्लवले ८ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला खेलकुद बिकास समिति गोरखाले जनाएको छ । उपविजेता चित्लाङ एफसीले ४ लाख नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका राजिव राई उत्कृष्ट गोलरक्षक बने । चित्लाङ क्लबका सकल रेग्मी उत्कृष्ट खेलाडी घोषित भए भने उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका संजित श्रेष्ठ बने ।
गोरखा नगरपालिकाको छेवेटारस्थित खेलमैदानमा गत माघ २४ सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागीता रहेको थियो । जिल्लाकै हालसम्मको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताले आगामी बर्षहरुमा पनि अव निरन्तरता पाउने आयोजकले जनाएको छ । खेल क्षेत्रको प्रवद्र्धन सँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता गरिएको बताइएको छ ।
प्रतियोगिता अवधिभर छेवेटारमा स्थानीय खाना महोत्सव समेत संचालन भएको थियो । सुर्याेदय युवा परिवारको आयोजनामा भएको महोत्सवमा बिभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।




