
छेवेटारमा चौँथो वडा कप–२०८२ सुरु
छेवेटारमा गोनपा–१० स्तरीय चौँथो वडा कप–२०८२ सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजनामा शनिबारबाट वडा कप सुरु भएको हो ।
सोमबारसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष खुल्ला फुटबल प्रतियोगिता तथा महिला तथा पुरुष भेटेरान्स फुटबल प्रतियोगिता हुने वडाअध्यक्ष प्रदिप कुँवरले बताए । ‘आज (शनिबार) पहिलो दिन महिला र पुरुषको खुल्ला तथा भेटेरान्स फुटबल प्रतियोगिताअन्तरगत सात खेलहरु सम्पन्न भएका छन्’, उनले भने ।
महिला फुटबल प्रतियोगिता अन्तरगत खुल्लातर्फ २ भेटेरान्सतर्फ ८ टिमले सहभागिता जनाएको उनले जानकारी दिए । यस्तै, पुरुष फुटबल प्रतियोगिताअन्तरगत १३ वटा टिमले सहभागिता जनाएको कुँवरको भनाई छ । गोरखा नगरपालिकाको १० नं वडा कार्यालयले ४ लाख रुपैँया रकम बिनियोजन गरेर प्रतियोगिता संचालन गरेको हो ।
वडाकपलाई आफ्नो कार्यकाल भर निरन्तरता दिने वडाअ्रध्यक्ष प्रदीप कुँवरले बताएका छन् । ‘पुरुष फुटबल प्रतियोगिता अन्तरगत खुल्लातर्फ पहिलो र दोस्रो हुने क्रमश रु २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्, यसैगरी भेटेरान्सतर्फ पहिलो र दोस्रो हुनेले खसी प्राप्त गर्नेछन्’, उनले भने, ‘महिलातर्फको सबै खेलहरुमा पहिलो र दोस्रो हुनेले खसी प्राप्त गर्नेछन् ।’
प्रतियोगितामा १० नं वडाको विभिन्न टोल बिकास समितिहरुबीच प्रतिस्पर्धा हुने उनले बताएका छन् । वडाअध्यक्ष कुँवरको अध्यक्षता एवं गोरखा नगरपालिकाकी प्रमुख कृष्णबहादुर रानाको प्रमुख आतिथ्यतामा तथा उपप्रमुख मसलीमाया थोकरको विशेष आतिथ्यतामा एक कार्यक्रमका बीच वडा कपको उद्घघाटन भएको थियो ।




