| बुधबार, असार ९, २०८३

अन्तर बिद्यालय लिग फुटवलको फाइनलमा पुग्यो ओल्ड क्यापिटल

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी गोरखा नगरपालिका अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिताको फाइनलमा ओल्ड क्यापिटल मावि प्रवेश गरेको छ । छात्रतर्फको शनिवार भएको खेलमा महालक्ष्मी माविलाई १–० को गोल अन्तरले हराउँदै ओल्ड क्यापिटल फाइनलमा पुगेको हो ।

ओल्ड क्यापिटलले महालक्ष्मी मावि, लक्ष्मी सामुदायिक र शक्ति माविमध्ये एक बिद्यालयसँग फाइनल खेल्ने छ । ‘तीन बिद्यालयमध्ये प्रतिस्पर्धा हुन्छ,’ आयोजक द ओसन क्लबका अध्यक्ष अमित खत्रीले भने, ‘जसले जित्छ त्यो फाइनलमा पुग्छ ।’
छात्रातर्फ भने शनिवार दुई खेल सम्पन्न भएका छन् ।

पहिलो खेल महालक्ष्मी मावि र रत्नलक्ष्मी माविबीच र दोस्रो खेल ओल्ड क्यापिटल मावि र लक्ष्मी सामुदायिक बिद्यालयबीच भएको थियो । दुवै खेल बराबरीमा टुंगिएको छ । पहिलो खेलमा दुवै बिद्यालयको तर्फबाट १–१ गोल भएको थियो भने दोस्रो खेलमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजेता र उपबिजेता टिमले ट्रफि र मेडलको साथमा प्रमाणपत्र पाउने छन् । बिजेता टिमले ओसन कप यू–१३ राष्ट्रिय फुटवल प्रतियोगितामा सहभागी हुने अवसर समेत पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्