| बुधबार, असार ९, २०८३

ओसन क्लबको अध्यक्षमा पुनः खत्री

गोरखा नगरपालिका–९ दलभन्ज्याङको द ओसन क्लबको अध्यक्षमा पुनः अमित खत्री चयन भएका छन् । क्लबको शनिवार सम्पन्न एघारौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


जसको उपाध्यक्षमा बिनिता कोइराला, सचिव सविन खत्री र कोषाध्यक्षमा प्रकाश देवकोटा चयन भएका छन् । सदस्यहरुमा मिलन बस्नेत, सन्दिप अर्याल, रन्जित खत्री, सोबिता बस्नेत, प्रमिला बोहोरा खत्री, राजन राना मगर र रामकृष्ण सिर्मल रहेका छन् ।

हिन्दु आर्य समाज गोरखाका अध्यक्ष रामबहादुर खत्रीको प्रमुख अतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा सचिवले गत आर्थिक बर्ष २०८१/८२ को बार्षिक र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्