| सोमवार, साउन २४, २०८३

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भैरवाश्रम माविलाई

गण्डकी गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिताको उपाधि भैरवाश्रम माविले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा यही मंगलबार, बुधबार र बिहिबार प्रतियोगिता संचालन भएको थियो । विभिन्न विधामा भएको खेलमा ७ स्वर्ण, ४ रजत र ३ कास्य पदक जित्दै भैरवाश्रमले पदक हात पारेको हो । विजेता भैरवाश्रमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा ५ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेर ज्ञानमार्ग मावि दोस्रो, ३ स्वर्ण, ४ रजत र ६ कास्य पदक जितेर विजय भवानी मावि तेस्रो बनेको छ । ३ स्वर्णसहित ३ रजत र ३ कास्य जितेर रत्नेश्वर मावि चौँथो बनेको पालिकामा कार्यरत कर्मचारी अस्मिता पन्तले बताइन् । प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएको उनले जानकारी दिइन् ।

बिजेता विद्यालयहरुलाई बिहिबार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । तीन दिनसम्म संचालन भएको प्रतियोगितामा छात्र र छात्रातर्फ १६ विधाका खेलमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता गाउँपालिकाको वडा नं १ मकैसिङस्थित विजय भवानी माविमा संचालन गरेको थियो ।

यस्तै भीमसेनथापा गाउँपालिका र अजिरकोट गाउँपालिकामा पनि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् । अजिकोटमा आज प्रतियोगिता सम्पन्न हुने बताइएको छ । अन्य पालिकाले पनि प्रतियोगिताको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्