| आइतवार, अशोज १०, २०८३

संविधान दिवसको अवसरमा गोरखामा खुल्ला दौड प्रतियोगिता हुने

संविधान दिवसको अवसमा गोरखामा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । यहीँ आउँदो असोज ३ गते पर्ने संविधान दिवसको अवसर पारेर लियो क्लब अफ गोरखाले छैटौं खुल्ला दौड प्रतियोगिता आयोजना गरेको हो ।

‘स्वास्थ्य लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको खुल्ला दौड प्रतियोगितामा सहभागीको लागि प्रवेश शुल्क दुई सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिता लियो प्रतिक्षालय लक्ष्मीबजारबाट पुरानो बसपार्कसम्म ४ किलोमिटरको दुरीमा हुने कार्यक्रम संयोजक अनिश थापा मगरले बताए ।

प्रतियोगितामा प्रथम हुनेले रु पाँच हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुनेले तीन हजार नगद र तृतीय हुनेले दुई हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्