| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश त्रिवि आङ्गिक क्याम्पस स्तरीय छात्रा भलिवल प्रतियोगिता हुने

गोरखामा प्रथम गण्डकी प्रदेश त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पस स्तरीय छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । गोरखा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमितिको आयोजनामा असोज ६ र ७ गते प्रतियोगिता हुन लागेको हो ।
गोरखा क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा पहिलो हुनेले ५५ हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने उपसमितिका संयोजक रचन परियारले बताए । उनका अनुसार दोस्रो हुने क्याम्पसले ३३ हजार ३३३ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।
सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट सेटरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितमा प्रदेशभित्र रहेका त्रिवि अन्तरगतका सात वटा आङ्गिक क्याम्पसको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क नलाग्ने परियारले बताए । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार लाग्ने अनुमान आयोजकको छ । ‘बिभिन्न संघसंस्था, स्थानीय निकाय, व्यवसायीहरुसँग सहयोग जुटाउने भनेका छाँै,’ परियारले भने, ‘मदिरा र सूर्तिजन्य कम्पनीहरुसँग भने सहयोग माग्दैनौ ।’

प्रतिक्रिया दिनुहोस्