
फुटवल प्रतियोगिताको पहिलो चरणका खेलहरु सम्पन्न
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी पहिलो रेम्बो कफ ‘सेभेन ए साइड’ नकआउट खुल्ला फुटवल प्रतियोगिताको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । सोमवार खुल्ला तर्फका सात खेल सम्पन्न भएको आयोजक आयोजक युनाईटेड सेभेन युथ क्लबले जनाएको छ ।
आयोजकका अनुसार पहिलो खेल डमरु एफसी र साइबाबा एफसी बीच भएको थियो । उक्त खेलमा १–० को गोल अन्तरले साइबाबा एफसी बिजयी भएको आयोजक क्लबका अध्यक्ष श्याम आले मगरले बताए । त्यस्तै टोमोडाची इन्स्टीच्यूट र कोखे बोइज एफसी बीच भएको दोस्रो खेलमा ६–१ को फराकिलो गोल अन्तरले टोमोडाची बिजयी भएको उनले जानकारी दिए ।
ओजी एफसी र बिरेन्चोक क्लबबीच भएको तेस्रो खेलमा ५–२ को गोल अन्तरले ओजी एफसी बिजयी बनेको उनले बताए ।
उनका अनुसार चौथो खेल एमबीवाइसी एफसी र जरेवर एफसी बीच भएको थियो । उक्त खेलमा ६–० को फराकिलो गोल अन्तरले एमबीवाइसी बिजयी भएको छ ।
युनाईटेड सेभेन युथ क्लब र शहिद लखनको केवाइसी बीच भएको पाँचौ खेलमा २–० को गोल अन्तरले युनाइटेड सेभेन बिजयी बनेको छ । पाँचौ खेल एवाईसी ताकु आपस्वाँरा र नेपाली सेनाको रिपु मर्दन गणबीच भएको थियो । उक्त खेलमा ५–४ को गोल अन्तरले रिपुमर्दन गण बिजयी भएको छ ।
निर्धारित समयमा दुवै टिमको तर्फबाट एक एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । सोमवारको अन्तिम खेल जेटी र ओसन क्लबबीच भएको थियो । उक्त खेलमा ५–१ को गोल अन्तरले जेटी टिम बिजयी भएको आयोजकले जनाएको छ ।




