
लिगलिगकोटमा प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता सुरु
गण्तन्त्र दिवसको अवसर पारेर पालुङटारको लिगलिगकोटमा प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश खेकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति गोरखा र जिल्ला कबड्डी संघको समन्वयमा सोमवारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता अन्तरगत सोमवार १२ खेल सम्पन्न भएका छन् । आज मंगलवार सेमिफाइनल र फाइनलका खेल हुने जिल्ला कबड्डी संघ गोरखाका उपाध्यक्ष केशव रेग्मीले बताए ।
उनका अनुसार सेमिफाइनल खेलमा वाग्लुङ र कास्की, तनहूँ र म्याग्दी भिड्दै छन् । दुई खेलका बिजेताबीच फाइनल खेल हुने छ । प्रतियोगितामा गण्डकी प्रदेशका दश जिल्लाको सहभागीता रहेको छ ।




