
गोर्खाली रनिङ कपको फाइनलमा चाइनिजधारा र हरमटारी भिड्ने
हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कप फुटवल प्रतियोगिताको आज शनिवार फाइनल खेल हुदैछ । दिउँसो एक बजे हुने फाइनल खेलमा चाइनिजधारा फेमिली र आयोजक हरमटारी क्लब भिड्ने छन् ।
शुक्रवार भएको सेमिफाइनल खेलमा बिजयी हुदै उनीहरु फाइनलमा पुगेका हुन् । हिजो भएको सेमिफाइनल खेल अन्तरगतको पहिलो खेलमा न्यू दौतरी युवा क्लब चित्रेपोखरीलाई ३–१ को गोल अन्तरले हराउँदै चाइनिजधारा फाइनलमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा भिमसेन तारा युवा क्लबलाई २–० को गोल अन्तरले पछि पार्दै हरमटारी क्लब बिजयी बनेको हो ।




