| बिहिबार, अशोज १४, २०८३

गोर्खाली रनिङ कपः आजदेखि सेमीफाइनल खेल सुरु

हरमटारी खेलकुद मैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपमा क्वाटर फाइनलको सबै खेल सम्पन्न भएको छ । क्वाटर फाइनलअन्तरगत बिहिबार दुई खेल सम्पन्न भएका थिए । पहिलो खेल चाइनिजधारा फेमिली, गोरखा र खोप्लाङ एफसी, खोप्लाङ बीच भएको थियो

। जसमा ४–१ को गोल अन्तरले चाइनिजधारा फेमिलीले बिजयी प्राप्त गरेसँगै सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै, दोस्रो खेल याङकोट युवा क्लब, याङकोट र आयोजक हरामटारी क्लब बीच भएको थियो । उक्त खेलमा ४—० गोल अन्तरले आयोजक हरमटारी क्लब बिजयी बनेसँगै आयोजक क्लब पनि सेमिफाइनल प्रवेश गरेका छन् ।

यसअघि बुधबार सम्पन्न क्वाटर फाइनलअन्तरगत दुई खेलबाट न्यू दौतरी युवा क्लब चित्रेपोखरी र भीमसेन तारा युवाक्लब, बुंङकोटले पनि सेमिफाइनलमा आ–आफ्नो स्थान पक्का गरिसकेको छ । यो सँगै सेमिफाइनलनमा बिजयी ४ टिमबीच प्रतिस्पर्धा हुनेछ । आज सेमिफाइनलन अन्तरगतका खेलहरु ह्ुने आयोजकले जनाएको छ ।

पहिलो खेल दिउँसो १ बजे न्यु दौतरी युवा क्लब चित्रेपोखरी र चाइनिजधारा फेमिली, गोरखाबीच हुने बताएको छ । दोस्रो खेल दिनको ३ बजे भीमसेन तारा युवाक्लब, बुंङकोट र आयोजक हरामटारी क्लबबीच हुनेछ । सेमिफाइनलका बिजेता दुई टिम स्वत फाइनल प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्