| बिहिबार, अशोज १४, २०८३

गोर्खाली रनिङ कप : क्वाटर फाइनलको खेल सुरु

जिल्लाको हरमटारी खेलकुद मैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपमा बुधबारदेखी क्वाटर फाइनल खेल सुरु भएको छ । क्वाटर फाइनल अन्तरगत हिजो दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल दौतारी युवा क्लब, चित्रेपोखरी र अल स्टार एफसी आबुँखैरेनी बीच भएको थियो ।

उक्त खेलमा ३—१ को गोल अन्तरले दौतारी युवा क्लब बिजयी बनेसँगै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्न सफल भएको छ । यस्तै, दोस्रो खेल भीमसेन तारा युवा क्लब, बुँङकोट र पृथ्वी युवा क्लब, गोरखा बीच भएको थियो । उक्त खेलमा ३—१ गोल अन्तरले भीमसेन तारा बिजयी बनेको आयोजक हरमटारी युवा क्लबले जनाएको छ ।

भीमसेन तारा युवा क्लब पनि सेमीफाइनलमा प्रवेश गरेका छन् । आज पनि क्वाटर फाइनल अन्तरगत दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल चाइनिज धारा फेमिली, गोरखा र खोप्लाङ एफ.सी, खोप्लाङबीच हुनेछ भने दोस्रो खेल याङकोट युवा क्लब, याङकोट र आयोजक हरामटारी क्लबबीच हुने बताएको छ । आज हुने दुई खेलका बिजेता टिम पनि सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्