
गोर्खाली रनिङ कपमा मंगलवार दुई खेल सम्पन्न
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपको तेस्रोे दिन मंगलबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल आरुमेल मुस्लिम युवा क्लब र याङ्कोट युवा क्लब बीच भएको थियो । उक्त खेलमा ५–४ को गोल अन्तरले याङ्कोट युवा क्लब बिजयी बनेको छ ।
निर्धारित समयमा दुवै टिमको तर्फबाट १/१ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । आरुघाट गाँउपालिका र चाइनिज धारा फेमिली बीच भएको दोस्रो खेलमा ६–१ गोल अन्तरले चाइनिज धारा बिजयी बनेको आयोजक हरमटारी युवा क्लबले जनाएको छ ।
आज बुधबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल दिउँसो १ बजे दौतरी युवा क्लब चित्रेपोखरी र अल स्टार एफसी आँबुखैरेनीबीच हनेछ भने दोस्रो खेल दिउँसो ३ बजे भिमसेन तारा युवा क्लब र पृथ्वी युवा क्लब गोरखाबीच हुने बताइएको छ ।




