| बिहिबार, अशोज १४, २०८३

मिस्टर बि आठौँ गोर्खाली रनिङ कपको पहिलो खेलमा दौतरी क्लब बिजयी

जिल्लामा मिस्टर बि आठौँ गोर्खाली रनिङ कप फुटवल प्रतियोगिता शुरु भएको छ । हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन आइतवार एक खेल मात्र भएको छ । दौतरी युवा क्लब चित्रेपोखरी र सतिपिपल क्लबबीच भएको खेलमा ५–३ को गोल अन्तरले दौतरी युवा क्लब बिजयी भएको आयोजक हरमटारी क्लबले जनाएको छ ।

दौतरी क्लबको तर्फबाट शिशिर लेखीले ह्याट्रिक अर्थात तीन गोल र समिप ढकालले दुई गोल गरेका थिए । यता सतिपिपल क्लबको तर्फबाट भने प्रदिप गुरुङ, क्षीतिज भण्डारी र सुनिल थापाले एक/एक गोल गरेका थिए । आज सोमवार तीन खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेल बिहान ८ बजे रिपुमर्दन गण गोरखा र भिमसेन तारा युवा क्लबबीच हुने बताइएको छ । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार दोस्रो खेल दिउँसो एक बजे अल स्टार एफसी आँवुखैरेनी र घैरुङ एफसीबीच हुने छ ।

तेस्रो खेल दिउँसो तीन बजे पृथ्वी युवा क्लब र त्रिवेणी युवा क्लब मुग्लिनबीच हुने बताइएको छ । प्रतियोगिताको आइतवार गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्