
माघ २९ गतेदेखि ‘प्रथम खोप्लाङ कप २०८०’ हुने
पालुङटार नगरपालिका वडा नं. १ खोप्लाङमा ‘प्रथम खोप्लाङ कप २०८०’ हुने भएको छ । खोप्लाङ एफसी क्लबको आयोजनामा ‘फुटबलको प्रतिनिधित्व र युवा फुटबलको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ माघ २९ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद एक लाखको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । दोस्रो हुने टिमले ६० हजार पुरस्कार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका सचिव कमन सिंह तामाङले बताए । सेमीफाइनलमा पुग्ने दुई टिमलाई १०÷१० हजार दिइने उनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट डिफेन्डर, गोलरक्षक र सर्वाधिक गोलकर्ता ३/३ हजारको दरले पुरस्कृत गरिने बताएको छ ।
टिम दर्ता शुल्क ६ हजार तोकिएको छ । लुङ्गाको टिम दर्ता गर्ने अन्तिम मिति माघ २८ सम्म रहेको छ । फागुन ४ गतेसम्म हुने खेल साविक खोप्लाङमा ७ लुङ्गामा रहेको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।




