| बिहिबार, अशोज १४, २०८३

रुञ्चेतले जित्यो भलिबल प्रतियोगिताको उपाधि

चुमनुब्री गाउँपालिका ३ सिर्दिबास फिलिममा आयोजित भलिबल प्रतियोगिताको उपाधि जुनतारा सिर्जनशील युवा क्लब रुन्चेतले जितेको छ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अबसरमा तमु ह्युल छोँज धी सिर्दिबासद्वारा आयोजित प्रतियोगिताअन्र्तगत भलिबल प्रतियोगितामा चुमनुब्री र धार्चे गाउँपालिकाको २० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा आयोजक टिम तमु ह्युल छोँज धी सिर्दिबास दोस्रो र दुङ्ला जनजागृति युवा क्लब तेस्रो बनेको छ ।
बिजेताहरुलाई क्रमश ५० हजार, ४० हजार र ३० हजार रुपैँया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका स्वकीय सचिव विशाल घलेले जानकारी दिए । कार्यक्रमको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाद्वारा उद्घाटन गरिएको थियो । कार्यक्रम पुस १५ गते सुरु भएर पुस १८ गते सम्पन्न भएको घलेले बताए ।

कार्यक्रममा नृत्य प्रतियोगिता, महिला र पुरुषतर्फ ६० मिटर दौड, डोरी तान्ने प्रतियोगिता, म्युजिकल चियर लगायतका खेलुकद प्रतियोगिता साथै विभित सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । तमु ह्युल छोँज धी समिति सिर्दिबासका अध्यक्ष बुद्व गुरुङको अध्यक्ष्यतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा, चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्