
रनिङ शिल्ड विजेतालार्य अनेरास्ववियूद्वारा बधाइ
११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजेता विद्यार्थीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाले बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
हिजो सम्पन्न भएको प्रतियोगिता अन्तरगत भएको बिभिन्न बिधाका खेलमा ९ स्वर्णसहित १६ पदक हात पार्दै सिरानचोक गाँउपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि जितेको हो ।
आज एक कार्यक्रमको आयोजना गरी विजेता पालिका र विद्यार्थीहरुलाई बधाई दिएको अनेरास्ववियु गोरखाका अध्यक्ष प्रताप ढकालले जानकारी दिनुभयो ।
विजेता सम्पूर्ण विद्यार्थीहरुलाई खादा र अबिर लगाएर साथै पालिकालाई बधाई पत्र समेत हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
अनेरास्ववियु गोरखाका अध्यक्ष प्रताप ढकालको अध्यक्षता तथा गाँउपालिका अध्यक्षन ज्ञनेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष बसन्त गुरुङ, एमालेका प्रदेश सदस्य दिनेश तमु र पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।




