| बिहिबार, अशोज १४, २०८३

बारपाक सुलिकोटमा चौथौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बारपाक सुलिकोट गाउँपालिका केन्द्र ताकुकोटमा चौथौ बारपाकसुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले उद्घाटन गर्दै पालिकाको माविस्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

सोमबारबाट सुरु भएको सो प्रतियोगिता बुधबार सम्म संचालन हुने गाउँपालिका शिक्षा शाखा प्रमुख भिम कुमार श्रेष्ठले बताए । प्रतियोगिताको पहिलो दिन एक सय मिटर, चार सय मिटर, १५ सय मिटर दौड, लङ जम्प र सटपुट खेल सम्पन्न भएको उनले जानकारी दिए ।

सो प्रतियोगितामा पालिका भित्रका १० वटा माविका करिब तीन सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको उनले बताए । यो प्रतियोगितामा १५ वटा विधामा उनीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले आगामी पुस ६, ७ र ८ गते जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् । त्यसैगरी जिल्लाबाट छनौट भएको खेलाडीहरु प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्