| बुधबार, कार्तिक २५, २०८३

प्रदेशस्तरीय मोर्डन पेन्टाथलनमा गोरखाका नवराजलाई स्वर्ण

कोशी प्रदेशको इटहरीमा आयोजना भएको मोर्डन पेन्टाथलन प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट सहभागी भएका गोरखाका नवराज गुरुङले स्वर्ण पदक जितेका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर २ का उनले खुल्ला इभेन्टतर्फ स्वर्ण पदक जितेका हुन् । उनले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

मोर्डन पेन्टाथलोन फेडेरेसन कोशी प्रदेशको आयोजनामा यही असार १५ र १६ गते प्रतियोगिता भएको थियो । प्रतियोगितामा गोरखाबाट गुरुङसहित अन्य चारजना सहभागी थिए ।

प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको मोर्डन पेन्टाथलोन संघगण्डकी प्रदेश अध्यक्ष कविता अर्यालले बताइन् । मोडर्न पेन्टाथलनमा पाँच इभेन्ट र पाँच डिसिप्लिन अन्तर्गत रनिङ, सुटिङ, स्विमिङ, फेन्सीङ र हर्स राइडिङका खेल समावेश हुनुपर्नेमा आयोजकले दुई वटा इभेन्ट मात्र समावेश गरी रनिङ र सुटिङको लेजर रनमा प्रतिस्पर्धा गराएको थियो ।

पुरस्कार बितरण कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, मोर्डन पेन्टाथलन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य सपना परियार, निवर्तमान उपसभामुख सरस्वती पोखरेल, मोर्डन पेन्टाथलन संघका महासचिव यादव बस्नेत, संघका कोशी प्रदेश अध्यक्ष कमलबहादुर विश्वकर्मा (राकेश) लगायतले लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा लुम्बिनी बाहेक ६ वटा प्रदेशको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्