| बुधबार, कार्तिक २५, २०८३

प्रदेशस्तरीय कराँते प्रतियोगितामा प्रथम भएको गोरखा टिमलाई सम्मान

गण्डकी प्रदेशस्तरीय जुनियर कराँते प्रतियोगितामा प्रथम भएको टिमलाई सम्मान गरिएको छ । नेपाल कराँते महासंघ गोरखाले बिहिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल कराँते महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना गत जेठ १३ र १४ गते पोखरामा भएको प्रदेशस्तरीय कराँते प्रतियोगितामा गोरखा पहिलो भएको थियो ।

सो प्रतियोगितामा कुमुदे फाइट तर्फ युनिक पनेरुले २५ केजी तौल समूहमा स्वर्ण पदक, बसन्त परियारले ४५ केजी तौल समूहमा स्वर्ण पदकका साथै एकल कातातर्फ पुरुष समूहमा रजत पदक हात पारेका थिए ।

त्यस्तै, कुमुदे फाइटतर्फ फिलेमान गुरुङले ५० केजी तौल समूहमा स्वर्ण पदक, हरि बोहोराले ३५ केजी तौल समूहमा स्वर्ण पदक, रुपेश गुभाजुले ४० केजी तौल समूहमा रजत पदक, सृष्टि श्रेष्ठले ४५ केजी तौल समूहमा कास्य पदक र सृष्टि थापा मगरले ४० केजी तौल समूहमा कास्यपदक जितेका थिए ।

कुल चार स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेर जिल्ला पहिलो भएको प्रशिक्षक बुद्ध लामाले बताए । कार्यक्रममा सक्षम लामालाई २०७९ को उत्कृष्ट खेलाडीका रुपमा सम्मान समेत गरिएको बताइएको छ ।

नेपाल कराते महासंघ गोरखाका अध्यक्ष राम बहादुर थापाले पदक बिजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्