
मिस्टर बि अन्तर विद्यालय गोर्खाली कपको उपाधि द ओल्ड क्यापिटललाई
गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदान सम्पन्न भएको मिस्टर बि अन्तर विद्यालय गोर्खाली कपको उपाधि ओल्ड क्यापिटल रानीवनले जितेको छ । हरमटारी क्लवको आयोजनामा आइतबार भएको फाइन खेलमा दिर्घेश्वर मावि फुजेललाई हराउदै ओल्ड क्यापिटले उपाधि जितेको हो ।
प्रतियोगतामा दुवै टिम निर्धारित समयमा ३–३ गोलको बराबरीमा रोकिए पनि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा दिर्घेश्वर माविलाई ५–४ गोल अन्तरले हराउदै ओल्ड क्यापिटल मावि विजयी भएको क्लवका उपाध्यक्ष अनिल श्रेष्ठले बताए ।
प्रतियोगितामा विजयी भएका ओल्ड क्यापिटलले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै, उपविजेतामा सिमित हुन पुगेको दिर्घेश्वर माविले नगद रु १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको क्वलका उपाध्यक्ष अनिल श्रेष्ठले बताए ।
सो प्रतियोगितामा ओल्ड क्यापिटल रानीबनका राजन गुरुङ म्यान अफ म्याद घोषित भएका थिए । त्यस्तै, ओल्ड क्यापिटलकै परसुन तामाङ बेष्ट प्लेयर अफ टुनामेन्ट घोषित भएको क्वलले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर बालमन्दिर माविका बल बहादुर गुरुङ, उत्कृष्ट डिफेन्डर दिर्घेश्वर माविका अनिष गुरुङ, उत्कृष्ट स्ट्राइकर दिर्घेश्वरका समिर गुरुङ, र उत्कृष्ट मिड फिल्टर ओल्ड क्यापिटलका विलास गुरुङ घोषित भएको जनाएको छ । उनीहरुलाइ ट्रफि सम्मान गरिएको छ ।
सो प्रतियोगितामा जिल्लाभरबाट कुल १६ वटा विद्यालयको सहभागिता रहेको थियो । जेठ २९ गतेबाट सुरु भएको प्रतियोगिता असार ३ गते सम्पन्न भएको हो ।




