
बालमन्दिर र जेनियस बोर्डिङ क्वाटर फाइनलमा प्रवेश
जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रथम मिस्टर वि अन्तर विद्यालय स्तरीय गोर्खाली कप फुटवल प्रतियोगिता अन्तरगत बुधबार दुई खेल भएका छन् ।
बालमन्दिर मावि र तारा मावि बिच भएको पहिलो खेलमा ४–२ को गोल अन्तरले बालमन्दिर बिजयी भएको छ । निर्धारित समयमा दुवै टिमले बराबरी गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
दोस्रो खेल जेनियस बोर्डिङ र जनशक्ति मावि नाम्जुङ बीच भएको हो । खेलमा ४–३ को गोल अन्तरले जेनियस बोर्डिङ बिजयी भएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत जेनियस बिजयी भएको हो । वुधवारका दुवै बिजेता टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
मोर्डन सेकेन्डरी बोर्डिङ र महेन्द्र ज्योति मावि बिच हुने भनिएको तेस्रो खेल भने वर्षाका कारण अवरुद्ध भएको आयोजक हरमटारी क्लबले जनाएको छ ।




