| सोमवार, अशोज १८, २०८३

रोट्रयाक्टले आयोजना गरेको दौडमा द्रब्यशाहकी रमिला गुरुङ पहिलो

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधवार रोट्रयाक्ट क्लव अफ बज्र मनासलु गोरखाले खुल्ला महिला दौडमा गरेको छ । क्लवले हरमटारी खेलकुद मैदानबाट शक्तिचोक, वसपार्क, ठूलोआँगन, पाटेचौर हुँदै खेलकुद मैदानसम्मको दौड प्रतियोगिता गरेको हो । १६ जना महिला सहभागी दौडमा द्रब्यशाह बहुमुखी क्याम्पसकी छात्रा रमिला गुरुङ विजेता भईन ।

निर्धारित झण्डै ३ किलोमिटर दूरी १२ मिनेट १३ सेकेण्डमा पूरा गर्दै उनले ७ हजार रुपैयाँ पुरस्कार सहित टूफी प्राप्त गरेकी छिन् ।

यस्तै दोस्रो हुने महेन्द्रज्योती माविकी सगुना लामिछानेले ५ हजार रुपैयाँ, तेस्रो हुने विन्ध्यवासिनी माविकी करिश्मा सुनारले ३ हजार तथा चौंथो स्थान प्राप्त गर्ने नेपाल प्रहरीकी सरिता थापाले १ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको रोट्रयाक्ट क्लव अफ बज्र मनासलु गोरखाकी पूर्व अध्यक्ष अनुषा श्रेष्ठले बताईन ।

विजेता धावकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना, रोटरी क्लव अफ बज्र मनासलु गोरखाका चार्टर प्रेसिडेन्ट भाईचन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष विष्णु रानामगर, आयोजक क्लवकी अध्यक्ष लक्ष्मी रेग्मीले ट्रफी, मेडल सहित पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्