गण्डकी प्रदेशसभाको हिउ“दे अधिवेशन पुस २३ देखि
दरौंदी ः गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बैठक पुस २३ देखि सुरु हुने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्कोे बैठकले उक्त दिन दिउँसो १ बजे अधिवेशन आह्वान का लागि प्रदेश प्रमुख समक्ष सिफारिसको निर्णय गरेको छ । प्रदेश सभाको बर्खे अर्थात् बजेट अधिवेशन सकिएको साढे ३ महिनापछि हिउँदे अधिवेशन बोलाउन लागिएको हो । गत असोज ८ मा बर्खे अधिवेशन सकिएको थियो ।
विधेयक अधिवेशन समेत भनिने हिउँदे अधिवेशनमा प्रदेश सरकारले तत्काल विभिन्न ८ विधेयक लैजाने भएको छरु। ‘प्रदेशसभा बैठक सुरु हुनुअघि ती विधेयक प्रदेशसभा सचिवालयमा दर्ता हुनेछ’ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘प्रदेशसभा बैठक चलिरहेका बेला आवश्यकताअनुसार अन्य विधेयक पनि बनाएर पेस हुनेछ ।’ प्रदेश लोकसेवा आयोग, तालिम प्रतिष्ठान, प्रदेश आमसञ्चार, प्रदेश विश्वविद्यालय र सामाजिक संघसंस्था परिचालनलगायत विधेयक प्रदेशसभामा पेस हुनेछ ।




