| आइतवार, कार्तिक २९, २०८३

नया संरचना पनि अपांगमैत्री नभएको गुनासो

दरौंदी : गोरखाका अपाङ्गता भएका ब्यक्तिहरुले भूकम्पपछि निर्माण भएका नयाँ संरचना समेत भूकम्पमैत्री नभएको भन्दै गुनासो गरेका छन् । अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने भन्दै उनीहरुले भूकम्पपछि बनेका भौतिक संरचना समेत अपाङ्गमैत्री नभएको भन्दै उनीहरुले बनिसकेका संरचनामा आवश्यक सुधार गर्न माग गरेका हुन् । २० औं अन्तर्राष्टिूय अपाङ दिवसका अवसरमा गोरखा सदरमुकाममा भएको कार्यक्रममा स्थानीय तहमा राजनीतिक र सामाजिक हिसावमा अपाङगको सहभागिता सापेक्ष रुपमा नभएकोमा पनि सहभागीहरुले असन्तुष्टि जनाएका छन् । यस्तै वास्तविक अपाङ्गले परिचयपत्र नपाएको अवस्थामा फर्जी अपाङ्गले परिचयपत्र लिने गरेकोले छानविन गर्न पनि उनीहरुले स्थानीय तहको ध्यानाकर्षण गराएका छन् ।
अपाङ्गलाई दयामाया नभै स्वरोजगारमुलक तालिम लगायतका अवसरको सिर्जना गर्न उनीहरुले जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । गोरखा नेत्रहीन संघ तथा नेपाल अपाङ्ग महिला संघ गोरखाको आयोजना र एकिकरण नेपाल, ह्याण्डिक्राफ्ट नेपाल, आइएनएफ गोरखा, नेपाल नेत्रहीन संघ गोरखा परियोजनाको आर्थिक सहयोगमा गोरखा सदरमुकाममा कार्यक्रम भएको हो । हामीलाई गणना गर, हामीलाई सहभागी गराऊ भन्ने नाराका साथ सोमबार २७ औं अन्तर्राष्टिूय अपाङ्ग दिवस मनाइएको हो । नेपाल अपाङ्ग महिला संघ गोरखाकी अध्यक्ष गीतामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालीकाका प्रमुख राजनराज पन्त, उपप्रमुख बिनाकुमारी श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
२० औं अन्तर्राष्टिूय अपाङग दिवसकै अवसरमा पालुङटार वडा नम्वर ९ को मदनेडाँडा माविले निवन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता गरेको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले सहयोगमा भएको प्रतियोगितामा वडाभित्रका ३ माध्यमिक विद्यालयका ५० विद्यार्थीको सहभागीता रहेको थियो । मानसिक रोग लागि मनोसामाजिक समस्या भएका ब्यक्ति शिर्षकमा निवन्ध तथा कविता लेखन प्रतियोगिता भएको मदनेडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद उप्रेतीले जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्