| आइतवार, कार्तिक २९, २०८३

प्रहरी र प्रशासनद्वारा यातायात तथा बजार अनुगमन

चाडबाडको मौका छोपी यात्रुलाई गाडी रिजर्भ गर्न बाध्य पारी चर्को भाडा असुल्ने तीन सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ ।
जिल्ला प्रसासन कार्यालय गोरखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले गोरखा आबुँखैरेनी सडक खण्डमा बुधबार गरेको अनुगमन का क्रममा दुई वटा माईक्रोबस र एउटा मिनीबसले यात्रुसँग पूर्व निर्धारित भन्दा बढि भाडा लिएको पाएपछि कारबाही गरेको हो । जिल्ला भित्रिएका एवं जिल्लावाट वाहिरिएका विभिन्न सार्वजनिक सवारी साधनहरूमा गरिएको अनुगमनका क्रममा रिजर्भको बहानामा बढि भाडा लिनेलाई निर्धारण गरिएको भन्दा बढि भाडा फिर्ता गर्न लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले जानकारी दिए । गोरखाबाट काठमाण्डौ जाने सवारी साधनले बढि भाडा लिएको पाईयो’ उनले भने ‘गोरखा काठमाण्डौं ३ सय ७० रुपैया भाडादर निर्धारण भएपनि बस तथा माईक्रोले रिजर्भको बहानामा प्रतिब्यक्ति पाँचसय देखी छसय रुपैयासम्म भाडा लिएको पाइयो । त्यसैले हामीले कारबाही ग¥यौं ।’ सोही अबसरमा सार्वजनिक यातायातका साधनहरू एवं यात्रुहरूलाई निर्धारित भाडादर भन्दा वढी भाडा नलिन र नदिन सचेत गराईएको अनुगमन टोलीले जनाएको छ ।
यसैबिच, जिल्ला प्रसासन कार्यालयले बुधबार गोरखा नगरपालिका १० छेपेटारका विभिन्न पसलहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा विभीन्न ब्राण्डका म्याद ग्रुजेका घ्यु, मूल्य दर, प्याकिङ मिति लगायतका विवरण उल्लेख नभएको स्पेशल सोयावडी, सुधा दाल पिठो लगायतका खाद्यसामाग्री फेला परेको छ । अनुगमन टोलीले ब्यापारीहरुलाई म्याद गुज्रेका र उपभोक्ताको स्वास्थ्यमा असर पर्ने किसीमका खाद्यान्न बेचविखन नगर्न सचेत गराएकोे जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्