| आइतवार, कार्तिक २९, २०८३

महिला संघद्वारा बलत्कार र हत्याको बिरोधमा ज्ञापन पत्र

दरौंदी ः कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीमाथि कारबाहीको माग गर्दै नेपाल महिला संघ गोरखाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन(पत्र बुझाएको छ । पछिल्लो समयमा मुलुकमा दण्डहिनता बढेको र बालिका तथा महिलाहरु दिन प्रतिदिन असुरक्षित बन्दै गएको भन्दै संघले जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन(पत्र बुझाएका हुन् । नेपाल महिला संघमा आबद्ध महिलाहरु जिल्ला प्रशासन कार्यालय पुगेर लामो समयसम्म पनि कञ्चनपुरकी बालिकाको बलात्कारपछि हत्या गर्ने दोषी पक्राउ नपर्नु दुःखद भएको उल्लेख गर्दै दोषीलाई तत्काल गिरफ्तार गरी कारबाही अगाडि बढाउन माग गरेका हुन् । संघकी जिल्ला कोषाध्यक्ष इश्वरी केसीको हस्ताक्षर रहेको ज्ञापन(पत्रमा देशमा बढिरहेको हत्या, हिंसा, अराजकता, दण्डहिनता र मंहगी तत्काल नियन्त्रण गर्न पनि सरकारसँग माग गरिएको छ । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रासद भट्टराईले नेपाल महिला संघले बुझाएको ज्ञापन(पत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्