शंकास्पद ब्यक्तिस“ग सचेत रहन प्रशासनको आग्रह
दरौंदी ः सुनका गहना चम्काईदिने, ग्याँस चुल्हो बनाईदिने जस्ता बहानामा गाउँ पसेका अपरिचित ब्यक्ति हरुसंग सचेत रहन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । केहीदिनअघि धार्चे गाउँ पालिकाका बिभिन्न गाउँमा शंकास्पद ब्यक्ति त्यस्ता बहानामा गाउँ पसेर लठ्याउने औषधी प्रयोग गरी घरधनीलाई लठ्याई चोरी गरेको घटना सार्बजानिक भएपछि प्रशासनले यस्तो आग्रह गरेको हो । दशैं, तिहार जस्ता चाडबाड नजिकिदै गर्दा गाउँमा यस्ता गिरोह पस्ने गर्छन् । प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी उनका क्रिया कलापप्रति सचेत रहन जिल्ला बासीलाई आग्रह गरेको छ । अपरिचित ब्यक्ति गाउँमा आएमा यथासीघ्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा खबर गरिदिन पनि सूचनामा आग्रह गरिएको छ ।
धार्चेका बिभिन्न गाउँमा स्थानीयलाई लठ्याएर बेहोस बनाई चोरी गर्ने क्रम बढेको भन्दै प्रशासनले यस्ता क्रियाकलाप प्रति सचेत रहन सबैलाई आग्रह गरेको हो ।




