शुक्रबार साँझ भारी बर्षात हुनसक्ने
दरौंदी ः गोरखा, लम्जुङ र मनाङ को सीमा क्षेत्रतिर भारी बर्षात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिबार बिहान छ बजेको बुलेटिनमा तीन जिल्लाको सीमा क्षेत्रमा भारी बर्षातसंगै बाढी आउन सक्ने अनुमान गरिएको छ । मौसम पूर्वअनुमान महाशाखाले नदी तथा खोलाका तटीय क्षेत्र र वरपरका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बुलेटिन अनुसार शुक्रबार बेलुकी पछि लम्जुङको उत्तर, मनाङको पुर्वी र गोरखाको पश्चिम भागबाट बग्ने साना नदीहरुमा बहाब एक्कासी बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।




