| मङ्लबार, कार्तिक २४, २०८३

मनोसामाजिक समस्या तथा आत्महत्या सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सम्पन्न

जिल्लामा दुई दिने मनोसामाजिक समस्या तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम समपन्न भएको छ । बुधबार र बिहीकार संचालन भएको कार्यक्रम महिला आयोजना उद्यमी संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका वडा नं ६ को वडा कार्यालयको आर्थिक सहयोगमासम्पन्न भएको हो ।

सचेतना कार्यक्रममा गोनपा ६ नं वडा भित्रका २७ वटै टोलका प्रतिनिधिहरुको सहभागिता रहेको उद्यमी संघ गोरखाकी सचिव सृजना पाण्डेले जानकारी दिइन् । कार्यक्रममा मनोसामाजिक समस्याहरु, समस्याको निदान गर्ने तरिका र सरोकारवालाहरुको भुमिकाबारे सचेतना गराइएको उनले बताइन् । कार्यक्रमको उद्धघाटना बुधबार गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्