| मङ्लबार, कार्तिक २४, २०८३

नेत्रहिन संघको १२ औँ वर्षीक साधारण सभा सम्पन्न

गोरखा नेत्रहिन संघको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सभाले जिल्लाको सबै स्थानीय तहहरुमा अपाङ्गता सहायता कक्षा संचालनका लागि समन्वय गर्ने निर्णय गरेको संघका सचिव पशुराम भट्टले जानकारी दिए ।

गोरखा नेत्रहिन संघकी अध्यक्ष गिता माया श्रेष्ठको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष पवन कुमार बस्नेत, नेपाल नेत्रहिन पर्नास्थापना परियोजनाका फिल्ड अफिसर प्रेम महर्जन लगायतले मन्तव्य राखेका थिए ।

यसैगरी, बिहीबार ‘दृष्टिविहीन व्यक्तिहरुको क्षमता अभिवृद्धि तथा अवसरको खोजीको निम्ति सिपमुलक कम्प्यूटर ज्ञान’ सम्बन्धी तीन महिने आधारभुत तालिम सम्पन्न भएको छ । नेपाल नेत्रहिन पुर्नास्थापना परियोजनाको आर्थिक सहयोग तथा गोरखा नेत्रहिन संघको सहकार्यमा तालिम सम्पन्न भएको हो ।

तालिममा गोरखा, तनहुँ र धादिङका १२ जना दृष्टिविहीन अपाङ्गता भएका विद्यार्थीहरुको सहभागिता रहेको गोरखा नेत्रहिन संघका सचिव पशुराम भट्टले जानकारी दिए । ‘१२ जना विद्यार्थीहरुलाई आवशिय रुपमा तालिम प्रदान गरेका हौँ’, उनले भने, ‘दृष्टिविहीन विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्य सहित तालिम प्रदान गरिएको हो ।’ तीन महिने तालिममा प्रशिक्षक नरेश कुस्मी चौधरीले सहजीकरण गराएको उनले बताए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत वितरण गरिएको उनको भनाई छ ।

गोरखा नेत्रहिन संघकी अध्यक्ष गिता माया श्रेष्ठको अध्यक्षता एवं गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा तालिम समापन भएको छ । समापन समारोहको अवसरमा उपप्रमुख थोकरले गोरखा नगरपालिकाको नीति तथा बजेटमा अपाङ्गता सहायता कक्षा संचालनको कुरा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्