
सेनाद्वारा भिमसेन थापामा ‘स्याण्डमोडल’ निर्माण
भिमसेन थापा गाउँपालिका कार्यालयमा वडाहरु सहितको नक्शा अंकित ‘स्याण्डमोडल’ निर्माण गरिएको छ । पालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले उक्त स्याण्ड मोडल बनाएको हो ।
नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कार्यक्रम अन्तरगत उक्त कार्य भएको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताए । पालिकाको नवनिर्मित भवनभित्र बनाइएको उक्त मोडलमा पालिकाको भौगोलिक अवस्थालाई उजागर गरिएको उनले जानकारी दिए ।
पालिकाको भूगोल र बनावटलाई यस मोडलमा समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । उक्त मोडलबाट समग्र पालिकाको भौगोलिक अवस्थाबारे जानकारी लिन सकिने उनको भनाइ छ ।
मंगलवार एक कार्यक्रमका बीच उक्त स्याण्ड मोडल पालिकालाई हस्तान्तरण गरिएको छ । रिपमुर्दन गणका गणपति क्षेत्रीले पालिका अध्यक्ष लोकप्रसाद बञ्जरालाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।




