
नेपाल निजामती कर्मचारी संगठनद्वारा प्रशिक्षण कार्यक्रम
नेपाल निजामति कर्मचारी संगठनको आयोजनामा गोरखामा कार्यरत सरकारी कर्मचारीहरुलाई प्रशिक्षण दिइएको छ ।
शनिवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका ४० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियन आन्दोलनको संक्षिप्त इतिहास, उपमहासचिव रामचन्द्र अधिकारीले साँगठनिक विकास र कर्मचारी संगठनको औचित्य, संगठनका गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाले बैठक ब्यवस्थापन र माइन्युट लेखन तथा गण्डकी प्रदेश अध्यक्ष डोलराज पराजुलीले संसदमा दर्ता भएको निजामति सेवा विधेयकले समेटेका र समेट्न नसकेका विषयबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
नेपाल निजामति कर्मचारी संगठन गोरखाका अध्यक्ष शारदाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष मेनबहादुर अधिकारी, सचिव काजिराम रोका, निजामति कर्मचारी संगठनका केन्द्रिय कोषाध्यक्ष गणेश आचार्य, गण्डकी प्रदेश महासचिव रामचन्द्र पहारी, संगठनको गोरखा उपाध्यक्ष सुकुमेल बरालले पनि आफ्ना धारणा ब्यक्त गर्नुभएको संगठनका जिल्ला सचिव अनिल गुरुङले जानकारी दिनुभयो ।




