| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाको केरौँजा जाबस्तीमा लिफ्टिङ खानेपानी

गोरखा नगरपालिका–६ स्थित केरौँजाबस्तीका स्थानीयले लामो समयदेखि भोग्दै आएको खानेपानीको अभावको समस्याबाट छुटकारा पाएका छन् । बस्तीलाई लक्षित गरी लिफ्टिङ खानेपानी आयोजना बनेपछि उनीहरुलाई सहज भएको हो । गोरखा नगरपालिकाबाट विनियोजित दुई लाख बजेटले आयोजना निर्माण भएको वडाध्यक्ष राजेन्द्रकुमार जोशीले बताए ।

उनका अनुसार आयोजना निर्माणका स्थानीयले १ लाख रकम बराबरको श्रमदान गरेका छन् । बस्ती नजिकै दुई वटा इनार खनेर लिफ्ट गरी पानी वितरण गरिएको जोशीले जानकारी दिए । ‘आयोजनाको दिगोपना पत्ता लगाउन बैशाख माइनार खानेका थियौँ’, उनले भने, ‘पानीपर्याप्त देखियो र खडेरीमा पनि मज्जाले पानी आएको छ ।’ उक्त आयोजना बाट २३ घरधुरी लाभान्वित भएका छन् ।

२०७२ सालको भूकम्प र पहिरोका कारण केराँैजाको बस्ती जोखिममा परेपछि उनीहरु गोरखा नगरपालिका ६ स्थित केरौजाँ बस्तीमा स्थानान्तरण भएका हुन् । यसअघि खेतबाट पाइप लगाएर जसो तसो पानी उपभोग गर्दै आएका उनीहरुलाई आयोजना बनेपछि निकै सहज भएको छ । चैत महिनाबाट सुरु भएको काम जेठमा सम्पन्न भएको उनले बताए । ‘स्थानीयहरुको साथ र सहयोगका कारण छिटै काम सम्पन्न भयो, पानी वितरण पनि एक महिनादेखी नै सुरु भएको हो’, वडाध्यक्ष जोशीले भने ।

प्रतिक्रिया दिनुहोस्