
मनध्वज घले पुर्पक्षका लागि कारागारमा
युवतीको नामको फेक फेसवुक आइडी बनाई अश्लील भिडियो र तस्विरहरु पोष्ट गरेको आरोपमा पक्राउ परेका मनध्वज भन्ने अविनास घले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–२ बस्ने २५ बर्षीय घलेलाई गोरखा जिल्ला अदालतको मंगलवारको आदेश अनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । २३ बर्षीय युवतीको नामको फेक फेसबुक आइडी बनाई अश्लिल भिडियो र तस्विरहरु पोष्ट गरेको आरोपमा प्रहरीले घलेलाई गत बैशाख २८ गते पक्राउ गरेको थियो ।
बैशाख ३० गते घले बिरुद्ध बिद्युतिय कारोवार ऐन, २०६३ अन्तरगतको कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको थियो । मंगलवार जिल्ला अदालतले उनलाई कारागार चलान गर्न आदेश दिएको हो




