
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश मनाइयो
सोमबार जातिय भेदभावतथा छुवाछुत उन्मुलन दिवस, जिल्लामा विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । दिवसको अवसरमा विभिन्न पार्टीहरु संवद्ध जातीय संस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । सबै पार्टी संवद्ध दलित संगठनहरुको संयुक्त संस्था मोर्चा ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’ गोरखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १० वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभावतथा छुवाछुत विरुद्ध कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो । दिवस मनाउदै गर्दा जातिय भेदभाव तथा छुवाछुत अन्त्यमा महत्वपुर्ण भुमिका खेलेको संयुक्त राजनीतिक दलित संघर्ष समिति गोरखाका अध्यक्ष शेर बहादुर विकले जानकारी दिए ।
विकको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । दिवसकै अवसरमा भिमसेन थापा गाउँपालिकामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । पालिकाको सामाजिक बिकस शाखाको आयोजनामा वडा नं ५ मा कार्यक्रम संचालन भएको हो ।
पालिकाको सामाजिकबिकस शाखा प्रमुख नारायण कुमार श्रेष्ठको अध्यक्षता एवं पालिका अध्यक्ष लोक प्रसाद बञ्जराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको पालिका स्थित दलित सशक्तिकरण समन्वय समितिका सचिव पदम बहादुर विकले जानकारी दिए ।




