
सुस्त मनस्थिति बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ
सुस्त मनस्थितीकी १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका–२ का ४५ बर्षीय भगिरथ भन्ने कृष्णप्रसाद सोडारी रहेको प्रहरीले जनाएको छ ।
बुधवार घाँस काट्न गएको मौका छोपी बिभिन्न प्रलोभन देखाएर बालिकालाई नजिकैको गोठमा लगि बलात्कार गरेको पीडित परिवारले दिएको जायरीमा उल्लेख भएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । ‘बालिकालाई अर्धचेत बनाएर छाडेको रहेछ,’ उनले भने, ‘शरीरको बिभिन्न भागमा चोटपटक समेत देखिएको छ ।’
पक्राउ परेका सोडारीबिरुद्ध बुधवार जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।




