
गोरखा नगरपालिका वडा नं. १२ का कृषकहरुलाई कृषि औजार वितरण
गोरखा नगरपालिका वडा नं. १२ का कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । वडाको २०८०/०८१ को कृषि सामग्री वितरण कार्यक्रम अन्तरगत १२ जनालाई सामग्री वितरण गरिएको वडाध्यक्ष डिल बहादुर थापाले बताए ।
जसमध्य नौ जनालाई हाते ट्याक्टर र बाँकी तीन जनालाई घाँस काट्ने मेसिन(चापाकटर) वितरण गरिएको हो । वडाभित्र व्यवसायिक रुपमा खेती गर्दै आएका कृषकलाई प्राथमिकतामा राखेर सामग्री वितरण गरिएको उनले जानकारी दिए । सामग्री प्राप्त गर्नेमा व्यवसायिक कृषकसँगै एकल महिला तथा विपन्न वर्गलाई छनोट गरिएको थियो ।
५५ प्रतिशत अनुदानमा दिएको सामग्री करिब ६ लाखको लाागतमा खरिद गरी वितरण गरिएको वडाध्यक्ष थापाले बताए । उक्त सामग्री गोरखा नगरपालिकाकी उपप्रमुख सपना पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदीले संयुक्त वितरण गरेका हुन् । सुरु हुदैं गरेको वर्खाको समयलाई मध्यनजर गर्दै कृषि सामग्री वितरण गरिएको उनको भनाई ।




