| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आईको क्याविनेट बैठक बारपाकमा हुँदै

सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिष्ट्रिक ३२५ आईको क्याविनेट बैठक गोरखाको बारपाकमा हुने भएको छ । लायन्स क्लव अफ गोरखा दरौँदी र लायन्स क्लव अफ गोरखा दरबारको समन्वयमा बैशाख २२ गते डिस्ट्रिक्ट ३२५ आईले चौथो क्याबिनेट बैठकको आयोजना गरेको बिहिबार पत्रकार भेटघाट गरी जानकारी गराएको हो ।

लायन्सको क्याविनेट बैठकमा २० जिल्लाहरुबाट करिब ४ सय जनाको सहभागिता रहने लायन्स क्लव अफ गोरखा दरौँदीका विकास थापाले जानकारी दिए । भीसी गजे घलेको जन्मस्थल तथा २०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाकमा हुने क्याबिनेट बैठकको पूर्वसन्ध्यामा प्रभातफेरि आयोजना हुनेछ भने विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरु पनि हुने क्लवले जनाएको छ । उद्घाटना कार्यक्रम, विभिन्न महत्वपूर्ण विषयमा छलफल, निर्णय र अन्तरक्लब लायन नेतृत्वहरु बीच भेटघाट कार्यक्रम हुने उनले बताए ।

संस्थाको क्याविनेट बैठक जिल्लाका भइरहँदा जिल्लाको पर्यटन प्रर्बद्धनमा ठुलो सहयोग पुग्ने लायन्स क्लब अफ गोरखा दरबारका अध्यक्ष प्रबिन श्रेष्ठले बताएका छन् । ‘यो बैठक मात्र नभाई यसले बारपाक र सिङगो जिल्लाको प्रचारप्रसारमा सहयोग पुग्नेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्