| मङ्लबार, कार्तिक २४, २०८३

आहालेका दृष्टिविहीन विद्यार्थीहरुलाई सरसफाइका सामाग्री प्रदान

गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई सरसफाइका सामाग्रीप्रदान गरिएको छ । उमेश स्मृति सदनको तर्फबाट उनीहरुका लागि सरसफाइका सामाग्री वितरण तथा सहभोज कार्यक्रमको आयोजना गरिएको हो ।

सोमबार सदनको सातौँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभा सहित उक्त कार्यक्रम गरिएको सरस्वती माविको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर कट्टेलले जानकारी दिए । विद्यालयमा अध्यनरत ११ जना दृष्टिविहीन विद्यार्थीहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्