
सिम्ले खानेपानी योजनाबाट पानी वितरण शुरु
गोरखा नगरपालिका–२ स्थित सिम्ले खानेपानी योजनाको काम सम्पन्न भएको छ । योजनाबाट करिव २२ घरधुरीलाई पानी वितरण समेत भइसकेको छ । गोरखा नगरपालिकाबाट आर्थिक बर्ष २०७९/८० विनियोजिता सात लाख रकमबाट योजना सम्पन्न गरिएको वडा नम्वर २ का अध्यक्ष रहमतुल्ला मियाले बताए ।
परम्परागत मुलको पानीलाई व्यवस्थित गरी योजना निर्माण गरिएको उनले जानकारी दिए । ‘पहिला सामान्य पाइप लगाएर पानी ल्याउने गरिएको थियो,’ उनले भने, ‘अहिले ट्यांकी, धारा आदि संरचना निर्माण गरेर व्यवस्थित बनाएका छौँ ।’




