
कालिमाटी टोल बिकास संस्थामा पुनः पुरानै कार्यसमिति चयन
गोरखा नगरपालिका वडा नम्वर ६ मा रहेको कालिमाटी टोल बिकास संस्थाको १५ औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले पुरानै कार्यसमितिलाई नयाँ कार्यसमितिको रुपमा चयन गरेको छ ।
समितिको अध्यक्षमा माधव थापा मगर, उपाध्यक्षमा रामप्रसाद भट्ट, सचिवमा दिपक शाही, कोषाध्यक्षमा सन्तमाया श्रेष्ठ र सहसचिवमा युवराज श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा दुर्गा देवी देवकोटा, गोकर्ण राना, सुर्य थापा, कृष्णकुमारी भट्ट, देवी श्रेष्ठ र भवलाल श्रेष्ठ छन् ।
गोरखा नगरपालिका वडा नं ६ का अध्यक्ष राजेन्द्रकुमार जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्रम्हकुमारी विश्वविद्यालयकी अन्जना देवी, शक्तिचोक टोल बिकास संस्थाकी अध्यक्ष सपना गुरुङ, महादेवटारी टोल बिकास संस्थाका अध्यक्ष उद्धव थापा लगायतले मन्तव्य राखेका थिए ।




