| मङ्लबार, कार्तिक २४, २०८३

इदुल फित्र गोरखामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैे

मुस्लिम समुदायको महान चाड इदुल फित्र गोरखामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । मुस्लिम समुदायले अरेबिक क्यालेण्डरको नवौ महिना रमजान र एक महिने रोजा (ब्रत) सम्पन्न गरेको खुसीयालीमा हर्षोउल्लासका साथ इदुल फित्र मनाएका हुन् ।

जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र सिरानचोक गाउँपालिका लगायतका पालिकाहरुमा मुस्लिम समुदायको बसोबास रहेको छ । तीन दिन मनाइने इदुल फित्रको पहिलो दिन बिहीबार मुस्लिम समुदायले बिहान करिब ८ जिल्ला भरका मस्जिदमा भेला भएर सामुहिक प्राथना गर्ने, अल्लाहको इबादत् गर्ने, अङकमाल गर्ने, शुभकामना खुशी आदनप्रदान गर्ने र यस अघि गरेका कमीकमजोरीहरुलाई पश्चाताप गर्ने गरी मनाउने बताइएको छ ।

इदुल फित्रको अवसरमा मुस्लिम समुदायले आफुले एक वर्षसम्म कमाएको सम्पत्तीको २.५ प्रतिशत रकम धार्मिक कर (जकात) अनिवार्य तिर्नु पर्ने सो समुदायका अगुवा बताउँछन् । यसरी संकलन भएको जकात अर्थात धार्मिक करको रकम विपन्न, अनाथ, गरिब र दुखीहरुमा वितरण गर्ने चलन छ ।

इदुल फित्रका तीन आफ्ना आफन्तहरुसँग भेट्घाट गर्ने, दान दक्षिणा दिने, मस्जिदमा भेला भई इदको नमाज पढ्ने, खुसी साटासाट गर्ने, बिशेष प्रकारका खानाका प्रकारहरु बनाइ खाने, सामुहिक भोज गर्ने लगायतका क्रियाकलाप गरी मनाइने गरिन्छ । इदको अवसरमा बिहीबार सरकारले देशैभर सार्वजानिक विदा समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्