| मङ्लबार, कार्तिक २४, २०८३

आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

गोरखा क्याम्पसमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । सामाजिक बिकास कार्यालय गोरखाको आयोजना तथा क्याम्पसको समन्वयमा आइतवार कार्यक्रम भएको हो ।

कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यालय प्रमुख दिपेन्द्र परियारको अध्यक्षता एवं क्याम्पस प्रमुख नवराज पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका नवराज खड्काले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्