| मङ्लबार, कार्तिक २४, २०८३

अश्राङ मिलन समाजको दोस्रो अधिवेशन सम्पन्न

भीमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई हाल गोरखा बजार बस्दै आएकाहरुको संस्था अश्राङ मिलन समाज गोरखाको तेस्रो वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशन समपन्न भएको छ ।

शनिबार चितवनमा भएको अधिवेशनले शिवबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गोमा श्रेष्ठ, सचिव ओमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा मनोज थापा चयन भएका छन् ।

सदस्यहरुमा कृष्णमान श्रेष्ठ, शोभा पाण्डे, प्रकाश वाग्ले, ओमप्रसाद भन्तना, निराजन थापा मगर, रमेश थापा मगर र राजु श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्