
कारागारका कैदीबन्दीहरुका लागि आध्यात्मिक प्रवचन कार्यक्रम
जिल्ला कारागार गोरखामा रहेका कैदीबन्दीहरुको लागि संचालित तीन दिने आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबारदेखि सुरु गरेको तीनदिने प्रवचन मंगलबार सम्पन्न भएको हो ।
कारागारमा रहेका महिला तथा पुरुष थुनुवा र कैदीहरुको मानसिक र शारिरीक स्वास्थ्य, सकारात्मक सोच एवं आत्मिक शान्तिको लागि प्रेरणायुक्त आध्यात्मिक प्रवचन कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
कार्यक्रममा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयकी ब्रम्हकुमारी पवित्रा आचार्यबाट प्रवचन भएको जिप्रकाको भनाइ छ । तीन दिने आध्यात्मिक प्रवचन कार्यक्रममा १८ जना महिला र ११२ जना पुरुष गरी जम्मा १३० जना सहभागी भएको कार्यलयले जनाएको छ ।




